मानवअधिकार उल्लघनको घटनामा वृद्धि : प्रदेश सांसद यादव

spot_img

जनकपुरधाम,मंसिर २५ । मधेस प्रदेश का प्रदेश सांसद रामअशिष यादवले सत्यनिरूपण मेलमिलाप अायोग र बेपत्ता छानबिन अायोग ले द्वन्द्वकालमा घटित अमानवीय घटनामा संलग्न दोषिलाई कार्वाही गर्न अायोगले सिफारिस नगरेको कारण देशमा मानव अधिकार उल्लघनको घटनामा वृद्धि भएको कुरा बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार अायोग मधेस प्रदेशको अायोजनमा १० दिसम्बर अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रदेश सांसद यादवले सो कुरा बताउनुभयो ।
अायोगका प्रमुख मन्जु खडका को अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा मधेस सरकार का गृह तथा संचार मंत्री भरत साह,प्रदेश सांसद शारदा थापा ,जनकपुरधाम उपमहानगरपालिका का उपप्रमुख किसोरी साह,मानवअधिकारकर्मि रेखा दत्त सहित का वक्ताहरूले मानवअधिकार उल्लघन नियन्त्रण सम्बन्धमा विचार व्यक्त गरेका छन।

spot_img

ताजा अपडेट

लोकप्रिय