विभिन्न जातिय लोककला” विषयमा दुई दिने कार्यशाला सम्पन्न

spot_img

जनकपुरधाम,मंसिर २५ । जनकपुरधाममा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, लोककला विभाग र इन्क्रेडेवल मिथिलाको संयुक्त आयोजनामा “विभिन्न जातिय लोककला” विषयक दुई दिने कार्यशाला सम्पन्न गरिएको छ।

 

यस दुईदिने लोक्कल तालिमका अध्यक्षमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान लोकल कला विभाग प्रमुख प्रज्ञा परिषद् सदस्य मिथिला देवी यादव, प्रमुख अतिथिमा मधेस प्रदेश सभा सदस्य मा. राम आशिष यादव , विशेष अतिथिमा इनक्रेडिबल मिथिलाका सिइओ देवनरायण मण्डल,उद्योग वाणिज्य सँगका उपाअध्छ्य अम्भुप्रसाद,आफन्त नेपालका संयोजक जयप्रकाश मंडल, वनस्पति विज्ञताहिर हुसेन, ई-सन्तोष ठाकुर सहित वक्ताहरू र विभिन्न सेक्टरका प्रतिनिधिहरु तथा युवाहरु अभियानीहरुको उपस्थित रहेको थियो।

 

मिथिला देवी यादव ।

तालिममा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान लोकल कला विभाग प्रमुख प्रज्ञा परिषद् सदस्य मिथिला देवी यादवले भनिन् मिथिला चित्रकलालाई परिभाषित गर्न जरूरी नै छैन । किनभने मिथिला चित्रकला आफैमा परिभाषित छ । म सानै छँदा मिथिला कलाप्रति प्रेरणा मिलेको हो । सानैमा आमा, हजुरआमाले माटोले घरको भित्तामा विभिन्न प्रकारको चित्रकला बनाएको देख्थें । त्यसबखत म उहाँहरूलाई यो के बनाउनु भएको भनेर सोध्थें । त्यस बेला उहाँहरूले यो घरको सजावटको लागि बनाएको भन्नुहुन्थ्यो । त्यसपछि मैले पनि त्यही चित्रलाई आफ्नो कापीमा कोर्न थालें हजुरआमाले बनाएको जस्तो चित्रहरू बनाए । मैले यो मिथिला चित्रकला सुरू गर्दा कहिले काहिँ आफैलाई आत्मग्लानी हुन्थ्यो र छोडिदिउँ जस्तो लाग्दथ्यो । तर अहिले आएर यसको भविष्य एकदम राम्रो देखेको छु । यो सीता जन्मेको भूमि हो । यसलाई मिथिला राज्य भने पनि हुन्छ । पहिला धारणा के थियो भने मिथिला चित्रकला मधेशको हो र मधेशको मान्छेले मात्र बनाउँछ तर यो सत्यता होइन । हामी सबै यहि धर्तीमा जन्म लियौँ, यो चित्रमा कुनै जात छुट्टयाउन मिल्दैन । पहाड तराई भनेर छुट्टयाउन मिल्दैन । त्यसकारण यसको भविष्य म अब एकदम राम्रो देख्छु आउने पिदीलाई सिकाउन एकदम जरुरी रहेको पछि गएर विद्यार्थीले एसएलसी. दिएपछि अरू विषय पढे जस्तै मिथिला कला पनि पढ्न सकुन् । अहिले नै यस्तो समय नआए पनि केही समय पछि पक्कै पनि हुनेछ । यसमा प्रचारप्रसारको पनि जरूरी छ । समाजमा महिलालाई के कस्ता समस्या छन्, ती समस्याहरू कसरी भइरहेको छ, महिलालाई के आवश्यक छ र त्यसलाई कसरी परिपूर्ति गरिरहेका छन् जस्ता सन्देश मैले आफ्नो चित्रमार्फत समाजलाई दिन खोजिरहेको छु । महिला के हो र महिलालाई यति हेला किन ? लिखित रूपमा अधिकार दिएको भए पनि त्यो कागजमा मात्र सिमित छ ।मिथिला चित्रकलालाई व्यवसायीकरण गर्नका लागि पहिला यसको प्रचार प्रसार जरूरी छ । अर्को कुरा, यसको बजारीकरण पनि आवश्यक छ । सरकारले सँगै विभिन्न संघ सन्थाले पनि यसमा ध्यान दिनुपर्ने छ र बजारमा कस्तो किसिमको माग छ त्यसमा पनि निर्भर रहनुपर्छ । यही सँगै मिथिला चित्रकला गर्न इच्छुक हुनेहरूका लागि पनि यस्ता विभिन्न तालिम सृजना गरेको बताएकी छिन् ।

मधेस प्रदेशका सभा सदस्य मा. राम आशिष यादब।

प्रमुख अतिथि मधेस प्रदेशका सभा सदस्य मा. राम आशिष यादवले भने मैथिली लोक चित्रकलाको परम्पराको इतिहास कम्तीमा पनि ५ हजार वर्ष पुरानो रहेको संस्कृतिविद्हरूको कथन रहेको छ । मिथिलाञ्चलको सांस्कृतिक धरोहरलाई समय सयममा विश्वस्तरमा प्रतिस्थापित गर्नसमेत प्रयत्नहरू नभएका होइन ।आधुनिक वैज्ञानिक आधारमा खोजी गर्दा सिन्धु घाँटी सभ्यतामाथि आर्यहरूले कब्जा गरेपछि आर्य सभ्यताको स्थापना र विस्तारकै प्रक्रियामा मिथिलाको स्थापनाकालका उदाहरणहरू मोहेन्जोदाडो हडप्पा सभ्यतामा माटाका भाँडाका अवशेषहरूमा पाइएका चित्रहरू र मिथिलाका झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्तीको चित्र, पीपलको पात, दुईपट्टि सम्मुख चरा वा पशु अंकित चित्र आदिसँग तुलना गर्न सकिन्छ ।’मिथिला चित्रकलासँग जोडिएका प्रदेश २ मा १ हजारभन्दा बढी कलाकारहरु छन् । केहीले मात्र अवसर पाएका छन्, अधिकांश कलाकार बेरोजगार रहेको बताएका छन्।मिथिला कलालाई व्यावसायिक रूपमा अगाडि बढाउनु पर्ने यही सँगै मिथिला क्षेत्रको तत्कालीन  इतिहास, समाज, संस्कृति, परिवेश, आर्थिक सामाजिक क्रियाकलाप बुझाउन, समायिक चेतना वृद्धि गर्न प्रयोग गरिँदै आएको मिथिला चित्रले मधेशको जीवनलाई हुबहु  राख्ने गर्दछ । अत: मिथिला संस्कृतिको उत्थान गर्दै र यस् सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्ने र मधेसको लोककला मिथिला कलालाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्न आवश्यक रहेको बताएकाछन् ।

देवनरायण मण्डल ।

इनक्रेडिबल मिथिलाका सिइओ देवनरायण मण्डलले भने यस “विभिन्न जातिय लोककला” मिथिला चित्रकलाको तालिमको उद्देश्य उनीहरुकै माध्यमले वरिपरिका तथा सार्वजनिक स्थलका पर्खालहरुमा शहर,गाउँमा वन, वातावरण तथा वन्यजन्तु संरक्षण,महिला तथा बालबालिका अधिकार सम्बन्धि जनचेतनामुलक चित्रहरु कोर्ने उद्देश्य बोकेर सञ्चालन भएको यस कार्यक्रममा २० जना महिला र पुरुषको सहभागी गराई प्रमाणपत्रको साथै एक एक वटा पतरकको विरुवा पनि दिएको छ

यसै सँगै तालिममा आउने पुस्ताहरुलाई रोजगारीका अन्य विकल्प पनि तयार हुनुका साथै उनीहरुले आफ्ना घरमै तयार पारेका चित्र बाहिर बजारमा बिक्रीका लागि समेत पहल गरिएकोले यसले उनीहरुको आर्थीक अवस्थामा समेत सुधार हुने बिश्वास रहेको र मिथिला चित्रकलालाई जिवन्त राख्न सीपलाई एकपछि अर्को पुस्तामा हस्तान्तरण गर्दैजानुपर्ने उनको सुझाव छ । कलालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने कार्यमा लाग्दै प्रयास गरी कलाकारलाई आगामी पनि प्रशिक्षण दिने बताएका छन्।

 

spot_img

ताजा अपडेट

लोकप्रिय