तराईमा चिसोसंगै सितलहर शुरु

spot_img

वीरगन्ज । तराईमा चिसो बढेसँगै शितलहर पनि चल्न थालेको छ । पुस र माघ महिनामा लाग्ने कुहिरो, सिमसीम हावाहुरी बुधवारबाटै शुरु भएको छ ।

तराईमा बुधवारदेखि चिसोसंगै सितलहर पनि शुरु भएको छ । चिसोको कारण मानिसहरुको दैनिकी समेत प्रभावित भएको छ । जाडो छल्न मानिसहरु आगो छेउ र वाक्लो लुगा लगाएर बसेका छन् ।

चिसोको कारण बिभिन्न विरामी अस्पताल आउने क्रम वढेको नारायणी उपक्षेत्रीय अस्पतालले विरगंजले जनाएको छ । अस्पतालमा विशेषगरी बच्चा, बृद्ध, बृद्धाको संख्या बढेको चिकित्सकले जनाएका छन् । चिसो बढेकाले बालबच्चा र बृद्धबृद्धा अलि बढी नै सतर्क रहन चिकित्सकले आग्रह गरेका छन् ।

यसरी हरेक वर्ष तराईका जिल्लामा चिसो र सितलहर बढ्ने गर्छ । तराईमा सितलहरका कारण प्रत्येक वर्ष मानिसहरुको मृत्यु हुन्छ । विशेषगरी पर्सा, रौतहट, धनुषा, महोत्तरी, सिराहा, सप्तरीका मानिसहरु यसबाट प्रभावित हुँदै आएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय