जनकपुरधाम,फाल्गुन ३ । सिरहाको वडा नं. ६ बसबिट्टा स्थित श्री राधाकृष्ण मन्दिर प्राङ्गणमा चैते दशैँको पावन अवसरमा वैश्विक कल्याणको उद्देश्यको साथ ९ दिवसीय श्री विष्णु महायज्ञ एवं श्रीमद्भागवत कथा हुने भएको छ । यस विष्णु महायज्ञ एवं श्रीमद्भागवत कथाका बारेमा जानकारी एवं महायज्ञका आयोजक मन्दिरका महन्थ श्री सर्वेश्वरी शरण बाबाले दिनुभएका छन् ।
उक्त महायज्ञ चैत्र ०८ गते बुधबारको दिन बाट सुरु भई रामनवमीको दिन चैत्र १७ गते विहिबारको दिन समापन हुनेछ । महायज्ञ भरी श्रीरामचरित्र मनासको पोथी पाठ, संगितमय हनुमान अराधना, नेपाल एवं भारत प्रख्यात वक्ताहरु द्वारा विभिन्न धार्मिक एवं आध्यत्मिक विषयवस्तुमा प्रवचन र संतसम्मेलन सहित विशाल भण्डारा पनि हुनेछ ।
यस महायज्ञका यज्ञाचार्य भने विरगंज निवासी डाँ आचार्य ऋषर्भ रेशु (अधिशानन्द) र साथै कथा वाचक वृन्दावनधाम भारत का अभिषेकानन्द शास्त्री रहने जानकारी आयोजक समितीले दिएका छन्।
यस महायज्ञमा सम्पुर्ण देशवासीहरु लाई उपस्थित र यथासम्भव सहयोग गरि सफल पारि महापुण्यको भागि बनिदिनुका लागि मन्दिरका महन्थले अनुरोध समेत गरेका छन् ।

