चितवन,१५ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका–७ हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको ज्यान गएको छ।
दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज बिहान करिब १०:५५ बजे आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्का ले जानकारी दिएका छन्।
गम्भीर घाइते अवस्थामा रहेका चालकलाई ट्रक चालकले नै मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

