जनकपुरधाम, फाल्गुन ६ । जनकपुरधामका विभिन्न शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको ठूलो घुँइचो लागेको छ।
आज शनिबार महाशिवरात्रिका दिन बिहानैदेखि जनकपुरधामको शिव चौकमा रहेको पञ्चभूत महादेव मन्दिर, स्वर्गद्वार मशान घाट, जनकपुरधामका चार कुनामा रहेका प्राचीन शिवमन्दिर कपिलेश्वर महादेव, कुशेश्वर महादेव, क्षिरेश्वरनाथ, जलेश्वर नाथ मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको ठूलो भीड लागेको छ।
महोत्तरीको जलेश्वरमा रहेको शिव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि भीड थियो।
जलभित्र विराजमान हुने जलेश्वरनाथ मन्दिरको पानी महाशिवरात्रिमा बाहिर निकालेर शिवलिङ्गको दर्शनको व्यवस्था महाशिवरात्रिमा मात्र हुने गरेको पुजारी बताए।
भक्तजनले शिवलाई भाङ, धतुरो, बेलपत्र, फूलमाला, दूध तथा जल अर्पण गरिरहेका छन्। खास गरी आज उपवास बसी शिवको पूजा आराधना गर्ने चलन छ।
यही सँगै महाशिवरात्रीको उपलक्छमा श्री गिरनारी कुकुटी सन्यासी आश्रम द्धारा महा कलश यात्रा निकाली निकालिएको छ।
कलश यात्राका आयोजक विश्व हिन्दू परिषद नेपाल एवं श्री गिरनारी कुटी संन्यासी आश्रम रहेका छन्।