आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
21.6 C
Kathmandu
26.2 C
Birgunj

फागुन ११ गतेदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव हुने

सिफारिस

जनकपुरधाम, फाल्गुन ७ ।

- Advertisement -

जनकपुरधाममा फागुन ११ गतेदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव–२०२३’ हुन लागेको छ । नवमिथिला फाउण्डेसनको आयोजन र फ्याक्ट्स नेपालको प्रमुख प्रायोजनमा हुन लागेको महोत्सवको चौथो संस्करण १३ गतेसम्म चल्ने भएको हो ।

 

- Advertisement -

०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन–एयर प्यानल छलफल हुने आयोजक नवमिथिला फाउण्डेसनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।

जनकपुर साहित्य महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक लगायतको सहभागिता रहने उनले बताए । महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरूको सहभागिता रहनेसमेत उनले जानकारी दिए ।

साहित्य महोत्सवको उद्घाटन सत्र फागुन ११ गते दिउँसो २ः३० बजेदेखि जानकीमन्दिर परिसरमा हुनेछ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका प्रथम राष्ट्रपति रामवरण यादव र विशेष अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव रहने उनले बताए ।

त्यसैगरी, प्रबुद्ध मन्तव्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र डा. विजयकुमार सिंह (दनुवार)ले दिने बताइएको छ ।

साहित्यिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने उपाध्यक्ष नेपालले जानकारी दिए ।

महोत्सवमा ‘समावेशिताः परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’, ‘घेघ बनल घोघ’, ‘युवा ः संस्कार र परिष्कार’, ‘सहिद दिलीप महतोके मोन पाडैत’, ‘सञ्जालको बवाल’, ‘राजनीति ः अभियान आ अवसर’, ‘सम्झनामा प्रदीप दाइ’, ‘हामीले गुमाएको खेलकुद’ र विभिन्न अन्य विधालाई समेट्दै २० भन्दा बढी सत्रहरू रहने बताइएको छ ।

सत्रहरूमा वक्ता र सहजकर्ताको रुपमा स्थानीयदेखि राष्ट्रियस्तरका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

उद्घाटन समारोहका दिन ‘अमित झा साहित्य संगीत पुरस्कार’ वितरण गर्नुका साथै अन्तरविद्यालय वक्तृत्व प्रतियोगिताको निर्णायक प्रतिस्पर्धा र संगीत सन्ध्यामा (कुटुम्ब र मिनाप)को सांगीतिक प्रस्तुति हुनेछ ।

किताबको लोकार्पणदेखि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति पनि महोत्सवमा समेटिएको छ भने महोत्सवको अन्तिम दिन फागुन १३ गते भारतका चर्चित गायिका मैथिली ठाकुरले पनि सांगीतिक प्रस्तुति दिने भएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -