आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले पहाडी भूभागमा बदली रहने र बाँकी भूभागमा मौसम सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी भूभागको केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । सोहीअनुसार भोलि शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
त्यस्तै, २१ गते आइतबार देशको पहाडी भूभागमा सामान्य बदली रहने र पहाडी भूभागको केही ठाउँमा चट्याङसहित हल्का वर्षा हुने विभागले जनाएको छ । राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपात हुने र पहाडी भूभागमा आंशिक बदली कायमै रहने विभागको भनाइ छ ।

