जनकपुरधाम, २३ फागुन । मिथिलाञ्चलको बहुचर्चित धार्मिक एवम् ऐतिहासिक ‘मिथिला माध्यमिकी’ परिक्रमा आज सम्पन्न हुँदै छ ।अन्तिम दिन आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन लागेको हो ।
फागु पूर्णिमाको दिन गरिने अन्तगृहलाई पञ्चकोशी परिक्रमा समेत भन्ने गरिन्छ । मध्य परिक्रममा सहभागी नहुने यस वर्ष पनि हजारौंको संख्यामा श्रद्धालुभक्तजन अन्तरगृह परिक्रमा गरेका छन् । अन्तरगृह परिक्रममा सहभागी हुँदा पनि पुण्यको भागी बनिन्छ भन्ने विश्वास छ ।
अन्तगृह परिक्रमाको भोलिपल्ट जनकपुर वरपर मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ ।फागुन ८ गते सुरु भएको मिथिला माध्यमिकी परिक्रमा सोमबार १५औं दिन जनकपुरधाम आइपुगेको थियो ।
धनुषा, महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलोमिटर र छिमेकी मुलुक भारतको ३० किलोमिटर गरी जम्मा १२० किलोमिटर भू-भागको परिक्रमा यात्रा गरिन्छ ।
फागुन औंसीको दिन धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारीको डोल निस्केर जनकपुरधाममा अन्य मठमन्दिरको डोला समावेश भएपछि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ ।
डोलासँगै परम्परागत बाजाँगाजासहितका मौलिक पहिरनमा लाखौं नरनारीहरु यात्रामा सहभागिता हुने गर्छन् । मध्यमा परिक्रमामा प्रायः मध्य तथा पाका उमेरका महिला तथा पुरुषहरु सहभागी हुने गर्दछन् ।
मिथिला बिहारी (रामजानकी) को डोलासँगै परीक्रमा गर्दा विभिन्न प्रकारका रोग,दुःख,कष्ट कलेशबाट मुक्त एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रही आएको छ ।टायर गाडा, साईकल र टाउकोमा बन्दोबस्तीका समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरी बास बस्नु, भुईं खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु, भजन कीर्तनलगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो ।
यही सँगै जनकपुरधामको अन्तरगृह परिक्रमा विभिन्न संघ सन्था द्वारा श्रद्धालुहरुको लागी विभिन्न शिविरहरु लगाएका छन् ।
नेपाल कलवार कल्याण महाराष्ट्र केन्द्रिय कार्यालय (काठमाडौं),जनकपुरधाम जेसीज,लायन्स/लियो क्लब अफ जनकपुरधाम, उज्यालो नेपाल फाउन्डेसन, साइलर पोलिक्लिनिक प्रा लि, व्याहुत कलवार युवा मञ्च,ब्लडफर नेपाल धनुषा,निरज मःमः सेन्टर द्धारा परिक्रमा आएक श्रद्धालुहरुको लागि च्युरा,मुरही,मिठा, पानी , चिया,सरबत बितरण तथा स्वास्थ शिविरहरु रहेको थियो।