शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

किन मनाईन्छ होलीका दहन , के छ यसको महत्व ?

सिफारिस

जनकपुरधाम,फाल्गुन २३।

- Advertisement -

जनकपुरधाम वर्षभरीको प्रतिक्षापछि रंगहरुको पर्व होली आउँछ । यो सम्पूर्ण मिथिलाञ्चल वासीको लागि ठूलो पर्वहरु मध्येको एकको रुपमा देखिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट(प्रतिपदाको दिन) होली मनाउने चलन रहेको छ।

- Advertisement -

जनकपुरधाममा मंगलवार साँझ होलीका दहन गरिँदै छन्।

होलीका दहन.

होली पर्वलाई पहाडमा भन्दा पनि तराईमा विशेष उल्लासका साथ मनाउने चलन रहेको छ।

तराईमा होलीको भिन्दै किसिमको महत्व पनि रहेको छ । होलिका दहन, होली पर्वको पहिलो दिन फागुन महिनाको पूणिर्माका दिन मनाइन्छ । होलीको अघिल्लो दिन तर्राइमा रंगहरु खेल्ने परम्परा छ । होली पर्वलाई असत्यमा सत्यको विजयको उपलक्ष्यमा पनि मनाइन्छ । पूणिर्माको दिन होलिका दहन गरिन्छ। होलीका दहन, जसलाई सानो होली पनि भनिन्छ, यसको अघिल्लो दिन पूर्ण हर्षोल्लासका साथ रंग खेल्ने विधान रहेको छ र अबीर-गुलाल आदि एक-अर्कालाई लगाएर र अकंमाल गरेर यो पर्वलाई मनाइन्छ ।

होलीका दहनको इतिहास.

होलीको महत्वबारेमा प्राचिनकालदेखि नै रहिआएको छ । यसको बारेमा ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ । त्यस्तै होली पर्वलाई शताब्दीका विभिन्न चित्रहरुमा पनि चित्रण गरेको पाइन्छ । यो दिन भगवान श्रीकृष्णले पूतना नामक राक्षसीको वध गरेको र यही खुशीमा गोपिनीहरुले भगवान श्रीकृष्णसंग होली खेलेका थिए भन्ने पनि विभिन्न मानिसहरुको मान्यता रहेको छ।

 

होलीका दहनका पौराणिक कथाहरु

पुराणहरुका अनुसार दानवराज हिरण्यकश्यपले आफ्नो छोरा प्रह्लादले केवल विष्णु भगवान मात्र पूजा-आरधना र ध्यानमा मग्न भएको देखेर उनी क्रोद्धित हुन्छन् । जसका कारण उनले आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर आगोमा बस्न आदेश दिन्छन्, किनभने होलिकालाई आगोले हानी गर्न नसक्ने वरदान प्राप्त भएको थियो ।

 

तर अवस्था त्यसको ठिक विपरित भयो । होलिका जलेर भष्स भइन् भने भक्त प्रह्लादलाई केही पनि भएन । त्यहि घटनालाई सम्झेर यो दिन होलिका दहन गर्ने विधान रहेको छ । यसरी ईश्वरले आफ्ना अनन्य भक्तहरुको रक्षाका लागि सधैं उपस्थित हुन्छन भन्ने कुरा होली पर्वले सन्देश दिन्छ ।

 

महाभारतको यस्तो कथा.

महाभारतको एउटा कथाका अनुसार युधिष्ठिरलाई श्रीकृष्णले सुनाए-‘एक पटक श्रीरामका पूर्वज रघुको शासनमा एउटा असुर महिला थिइन् । उनलाई कसैले पनि मार्न सक्दैन थियो, किनभने उनी एउटा वरदानद्वारा संरक्षित थिइन् । उनलाई मैदानमा खेलिरहेका बच्चाहरुबाहेक कसैबाट पनि डर थिएन् । त्यसैले एक दिन गुरु वशिष्ठले उसलाई मार्न सकिन्छ, त्यसका लागि एउटा उपाय छ भनेर सुनाए ।

 

यदि बालबालिकाले आफ्नो हातमा काठका साना टुक्राहरु लिएर शहर बाहिर जाने र त्यहाँ अरु सुकेका घाँसहरु जम्मा गरेर उक्त काठको टुक्रा पनि संगै जलाउने । उक्त अग्निको चारैतिर परिक्रमा गर्ने, नृत्य गर्ने, ताली बजाउने, गीत गाउने र ढोल बजाउने गर्नु पर्छ । गुरु बशिष्ठले भनेको जस्तो नै गरियो र ती असुर महिलाको मृत्यु भयो । यो दिनलाई एउटा उत्सवको रुपमा मनाइयो जुन असत्यमाथी सत्यको विजयको प्रतिक हो ।

 

यसरी नैई जनकपुरधाममा पनि होलिका दहन गर्ने परम्परा रहेको छ। जनकपुरको अन्तरगृह परिक्रमा पश्चात होलिका दहन गर्ने गरिन्छ त्यस पश्चात होली खेल्ने चलन रहेको छ ।

अध्यक्ष मनोज राय
अध्यक्ष मनोज राय

यही सँगै श्री जनक युवा क्लबपरिवारका अध्यक्ष मनोज रायले भने जनकपुरको अन्तरगृह परिक्रमा पछि होली खेल्ने चलन रहेको छ ।होलीको पूर्व संध्यामा जनकपुरधाम स्तित विभिन्न चोकहरूमा होलिका दहन गर्ने परम्परा रहेको छ। खुली ठाउँमा,चौतारीमा र जनकपुरको विभिन्न चोकमा काठका दाउराले तैयार गरिएको चितामा गोबरले बनाएको गोईठा होलिका र भक्त प्रहलाद स्थापित गरिछन् भने होलिका दहनको शुभ तिथीमा फूल, गुलाल,सिन्दुर,अविर दलेर, दूवो फल छर्किएर

जनक मन्दिरका पुजारी बाबाको हात बाट विधि सम्पन्न गरे पश्चात् होलिका दहन गर्ने गरिन्छ बताए।

 

यही सँगै जनकपुरधाममा मारवाड़ी सेवा समिति, महावीर चोक,जानकी चोक, जनक चोक लगायतका विभिन्न चोकमा होलिका दहन कार्यक्रम गर्नेगरिन्छ ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -