जनकपुरधाममा होलीको उमंग (फोटो फिचर)

spot_img

जनकपुरधाम,फाल्गुन २४ । आज जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा रंगअविरको पर्व होली हर्सोल्लासपर्व मनाइयो । मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने प्रचलन रहेको छ ।

मधेश प्रदेशका अधिकांश ठाउँमा मंगलवार नै होली पर्व मनाए पनि जनकपुर धामसहित नेपाल–भारतमा पर्ने मिथिला क्षेत्रमा भने बुधवार होली मनाइएको हो । हिमाली र पहाडी क्षेत्रमा भने सोमबार नै होली पर्व मनाइ सकिएको छ ।

होली पर्व (फागु पूर्णिमा) का दिन मिथिला क्षेत्रमा आफ्नो कुल देवतालाई अबिर र सिन्दुर चढाइ पूजाआजा गर्ने चलन रहेको छ । साथै विभिन्न परिकारका मालपुवा, दालको पुरी लगायतका भोजन बनाएर खाने–खुवाउने र एक अर्कालाई रङ–अविर लगाएर खुसीयाली मनाउने चलन पनि विद्यमान छ ।

जनकपुरका एकीकृत बाल क्लवका बालबालिकाहरुले  जनकपुरधाम -०८ मा स्थित जनक छात्रावासमा गएर त्यहाँ भएका बालबालकाहरू सँग होली मनाएका छन।

यही सँगै होली पर्वको उपलक्ष्यमा श्री राम जानकी यूवा कमिटी परिवार द्वारा आयोजित होली मिलन समारोह एवं मटकाफोड कार्यक्रमा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको प्रमुख आतिथ्यता एवं यस जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का लगायत बिभिन्न /संघ संस्थाका प्रतिनिधी समेतको उपस्थितिमा होली मिलान सम्पन्न गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय