जनकपुरधाममा मनाइयो ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस

spot_img

जनकपुरधाम,फाल्गुन २६ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा न. १० र महिला मानव अधिकार रक्षक संजाल धनुषाको संयुक्त आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन ।

लैङ्गिक समानताका लागि डिजिटल, नवप्रवर्तन र प्रविधि” सँगै “लैंडिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला शसक्तिकरण विषयमा विभिन्न अन्तरक्रिया कार्यक्रम गरी महिलाहरुलाइ सम्मान गरी कार्यक्रम सम्पन्न गरिएको छ।

उत कार्यक्रमका आयोजक जनकपुरधाम उपमहानगपालिका वार्ड नं १०,जनकपुरधाम उपमहानगरपालिका, WHRD धनुषा रहेका छन।

कार्यक्रममा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले शुभकामना सन्देश जारी गर्दै हिंसाको अवस्था सार्वजनिक गर्दै सो तथ्याङ्क प्रस्तुत गरेका छन्।इन्सेकले सन् २०२३ को जनवरी र फेब्रुअरी तथा मार्च ७ सम्म ३ सय ४९ जना बालिका तथा महिला हिंसाबाट पीडित भएको जनाएको छ।

 

‘देशभरिबाट सङ्कलित तथ्याङ्कका आधारमा गरेको अभिलेख अनुसार सन् २०२३ को जनवरीदेखि हिजो मार्च ७ सम्म बालिका र महिला गरी ३ सय ४९ जना पीडित भएको बताए ।इन्सेकले यो अवधिमा १ सय १ जना बालिका र २ सय ४८ जना महिला पीडित भएका जनाएको छ । अभिलेखित घटना अनुसार बालविवाहका घटनामा पाँच जना, बेचबिखन तथा ओसारपसारका घटनामा तीन जना, बलात्कारका घटनामा ७४ जना र यौन दुर्व्यवहारका घटनामा १९ जना बालिका पीडित भए ।त्यसैगरी सन् २०२३ को यो अवधिमा घरेलु हिंसामा परी १ सय ९३ जना महिला पीडित भए । बहुविवाहका घटनामा १३ जना, बलात्कार प्रयासका घटनामा सात जना, यौन दुर्व्यवहारका घटनामा दुई जना, बलात्कारका घटनामा ३० जना र बेचबिखन तथा ओसारपसारका घटनामा तीन जना महिला पीडित भएका घटना अभिलेख गरिएको छ ।

कार्यक्रममा जनकपुर उपमहानगरपालिका वार्ड कार्यालय नं १० का अध्यक्ष मिथिलेश कु.कर्ण,WHRD अध्यक्ष रेखा झा,मित्र धनुषाका सुधा कर्ण, इन्सेका राजु पासवान, कांग्रेसका नेत्री सम्झना बर्मा,नेपाल पत्रकार महासंघका मधेशक केन्द्रीय सदस्य रिंकु मिश्रा गायत्री, नेपाल पत्रकार महासंघका उपअध्यक्ष ज्योति झा,महिला अभियानहरू रोजलिन सिंह,दीपिका कार्की, सुभद्रा अले,वार्ड कार्यालय नं १० का सचिव जमुना भुजेल, वडा सदस्यहरू, जिल्ला प्रहरी कार्यालय,युवा अभियानीहरु सहभागी भएका थिए ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय