चट्याङसहित हल्का वर्षाको सम्भावना

spot_img

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बुधवार बिहान प्रकाशित गरेको मौसम पूर्वानुमान बुलेटिनमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बुलेटिनअनुसार बुधवार देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।

बुधवार दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा अपराह्नतिर मेघगर्जन, चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

बुधवार राति देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भेगका केही स्थानहरू तथा तराई भेगका थोरै स्थानहरूमा अपराह्णतिर मेघगर्जन, चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Vianet communication

बिहीवार राति देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागहरूका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भेगका केही स्थानहरू तथा तराई भेगका १–२ स्थानमा अपराह्नतिर मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागहरूका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय