मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

दुर्गा प्रसाईंलाई प्रहरी कार्यालयमा बोलाइयो !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

व्यवसायी दुर्गा प्रसाईं आइतबार प्रहरी कार्यालयमा उपस्थित हुँदैछन् । पछिल्ला केही दिनदेखि प्रसाईंलाई पक्राउ गर्ने चर्चा चलिरहेको बेला उनी भने आफै प्रहरी प्रधान कार्यालय नक्सान जान लागेका हुन् ।

- Advertisement -

आइतबार आफू प्रहरी कार्यालयमा उपस्थित हुन लागेको कुरा प्रसाईं स्वयमले पुष्टि गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले आफू प्रहरीमा उपस्थिति हुन लागेको बताएका हुन् । ‘कानूनको पालना गर्दै हामी आफै आज साईबर ब्यूरोमा उपस्थित हुदैछौँ ।’, उनले लेखेका छन् ।

यता प्रहरी स्रोतले पनि प्रसाईं आइतबार प्रहरी कार्यालयमा उपस्थित हुन लागेको पुष्टि गरेको छ । प्रसाईंलाई नियन्त्रणमा लिन राजनीति दबाब परिरहेका बेला प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनलाई आइतबार प्रहरी प्रधान कार्यालयमा बोलाएको स्रोतले बताएको छ ।

- Advertisement -

यसो त केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई दबाब दिएको विषय बाहिरिएको थियो । यद्यपी ओलीले उक्त विषय झुठो भएको दाबी गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -