बारा पर्सा काेरिडाेरमा ६ हजार भन्दा बढी श्रीमकहरुको रोजगार संकटमा, मजदुरहरु अन्दाेलित

spot_img

बराकाे सिमरामा उद्योगका मजदुरहरुले विरोध प्रदर्शन गरेका छन् ।

आर्थिक मन्दीकाे बेला सरकारले उद्योगमा विद्युत कटौति गरेको कारण देखाउँदै मजदुर कटौती गर्न थालेपछि मजदुरहरु विरोधमा सिमरामा बुधवार मजदुरले प्रदर्शन गरेका हुन् ।

आधिकारिक ट्रेड युनियन जगदम्बा स्टिल मजदुर युनियन सिमरा, अखिल नेपाल मजदुर संघ आधिकारीक ट्रेड युनियन हुलास स्टिल र अखिल नेपाल औद्योगिक मजदुर संघ त्रिवेणी स्पेनिङ्ग मिल्स छातापिपराको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो ।

उद्योग बन्द हुँदा आफूहरूको रोजिरोटी सङ्कटमा परेकोभन्दै जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरूले प्रदर्शन उत्रिएका हुन् । उद्योग र विद्युत प्राधिकरणबीच उत्पन्न असहज परिस्थितिको मारमा मजदुरहरु परेको उनीहरुको गुनासो छ । कारखानाबाट प्लेकार्ड सहित प्रदर्शनमा निस्किएका उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यालय घेराउ गरी ईलाका प्रशासन कार्यालय सिमरामार्फत नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय र प्रधानमन्त्री पुष्पकमल दहाललाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

अर्बौको बक्यौता भुक्तानी नगरकोे भन्दै विद्युत प्राधिकरणले लाईन काटेपछि उद्योगले श्रमिकहरु कटौतीसँगै पारिश्रमिक दिन नसक्ने जानकारी गराएकोले मजदुरहरु समस्यामा परेको ज्ञापन पत्रमा उल्लेख छ । यसबाट ६ हजार भन्दा बढी श्रीमकहरुको रोजगारीमा असर परेको मजदुरहरुको भनाई छ । समस्याको तत्काल समाधान नभएको खण्डमा आफुहरु थप कार्यक्रमसहित सशक्त संघर्षमा उत्रन बाध्य हुने पत्रमा जनाइएको छ । प्रदर्शनमा सयौं मजदुरहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय