spot_img

क्यासिनो सञ्चालको लागी केही होटल व्यवसायीको सेटिङ्गमा ५ किलोमिटरको दायरा तोक्नु गलत : प्रदीप यादव

spot_img
spot_img

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले क्यासिनो सञ्चालको लागी नेपाल भारतको सीमा देखी ३ किलोमिटरको दयरा तोके पनि केही होटल व्यवसायीहरुको सेटिङ्गमा ५ किलोमिटरको दायरा तोक्ने लागीएको प्रावधान सच्याउन भन्दै विरोध गरेका छन् ।

उनले मेचीदेखि महाकालीसम्मको जति सहर छन्, त्यो सीमाको एकदेखि तीन किलोमिटरभित्रै पनर व्यवसायीहरुले त्यो भित्रमा होटल, रिसोर्ट बनाउँने गरेको साथै, त्यहाँ क्यासिनोको इजाजत पाइने बेवस्था रहेको उनले बताए ।

उनले भने, ‘अहिले ५ किलोमिटर प्रावधान राखेर के अब खेतमा क्यासिनो बनाउने, उखुबारीमा क्यासिनो बनाउने, कि जंगलमा गएर क्यासिनो खेल्न जाने क्यासिनो को खेल्छ, नेपाली खेल्छ कि विदेशी खेल्छ

सांसद यादवले कुनै व्यक्तिको लागि ऐन संशोधन गर्न नमिल्ने जिकिर गर्दै पुरानो तीन किलोमिटरको प्रावधान यथावत् राख्न समेत माग गरे ।

उनले भने ‘कुनै व्यक्तिको फाइदाको लागि ऐनमा पाँच किलोमिटर प्रावधान आएको छ, म बुझ्न चाहन्छु,’ ‘मलाई यहाँसम्म जानकारी छ कि झापाको विर्तामोडमा फाइभस्टार होटल बनेको छ, त्यो बोर्डरभन्दा १० किलोभित्र बनेको छ, उसको फाइदाको लागि यो ऐनमा संशोधन गरिएको छ ।’

व्यक्तिको लागि सारा व्यवसायी, सारा रिपोर्ट व्यवसायीलाई मार्नको लागि यो आएको दाबी गर्दै उनले यो प्रावधान हटाएर पुरानो तीन किलोमिटरको प्रावधान राख्न माग गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय