सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

दक्षिणकालीमा स्कुल बस दुर्घटना,...

काठमाडौँ,२८ माघ । दक्षिणकाली नगरपालिका–३ भन्ज्याङस्थित जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको बस आइतबार दुर्घटनामा...

भेरी नदीमा खसेर बेपत्ता...

काठमाडौँ,२७ माघ । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का...

बस दुर्घटना अपडेट :...

जनकपुर,२७ माघ । महोत्तरीमा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
11.3 C
Birgunj
spot_imgspot_imgspot_img

क्यासिनो सञ्चालको लागी केही होटल व्यवसायीको सेटिङ्गमा ५ किलोमिटरको दायरा तोक्नु गलत : प्रदीप यादव

सिफारिस

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले क्यासिनो सञ्चालको लागी नेपाल भारतको सीमा देखी ३ किलोमिटरको दयरा तोके पनि केही होटल व्यवसायीहरुको सेटिङ्गमा ५ किलोमिटरको दायरा तोक्ने लागीएको प्रावधान सच्याउन भन्दै विरोध गरेका छन् ।

- Advertisement -

उनले मेचीदेखि महाकालीसम्मको जति सहर छन्, त्यो सीमाको एकदेखि तीन किलोमिटरभित्रै पनर व्यवसायीहरुले त्यो भित्रमा होटल, रिसोर्ट बनाउँने गरेको साथै, त्यहाँ क्यासिनोको इजाजत पाइने बेवस्था रहेको उनले बताए ।

उनले भने, ‘अहिले ५ किलोमिटर प्रावधान राखेर के अब खेतमा क्यासिनो बनाउने, उखुबारीमा क्यासिनो बनाउने, कि जंगलमा गएर क्यासिनो खेल्न जाने क्यासिनो को खेल्छ, नेपाली खेल्छ कि विदेशी खेल्छ

- Advertisement -

सांसद यादवले कुनै व्यक्तिको लागि ऐन संशोधन गर्न नमिल्ने जिकिर गर्दै पुरानो तीन किलोमिटरको प्रावधान यथावत् राख्न समेत माग गरे ।

उनले भने ‘कुनै व्यक्तिको फाइदाको लागि ऐनमा पाँच किलोमिटर प्रावधान आएको छ, म बुझ्न चाहन्छु,’ ‘मलाई यहाँसम्म जानकारी छ कि झापाको विर्तामोडमा फाइभस्टार होटल बनेको छ, त्यो बोर्डरभन्दा १० किलोभित्र बनेको छ, उसको फाइदाको लागि यो ऐनमा संशोधन गरिएको छ ।’

व्यक्तिको लागि सारा व्यवसायी, सारा रिपोर्ट व्यवसायीलाई मार्नको लागि यो आएको दाबी गर्दै उनले यो प्रावधान हटाएर पुरानो तीन किलोमिटरको प्रावधान राख्न माग गरे ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार