धाेबिनीका प्रमुख प्रशासकिय अधिकृत साहमाथि जनप्रतिनिधिबाट नै कुटपिट, दाेषी उपर कारवाहीकाे माग

spot_img

वीरगंज, २० चैत । पर्साकाे धाेबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत प्रमाेद कुमार साहलाई सोही गाउँपालिका जनप्रतिनिधिले नेम प्यलेटले हिर्काएपछि अधिकृत घाइते भएका छन् ।

गाउँपालिका कार्यालयमै प्रमुख प्रशासकिय अधिकृत साहलाई मंगलबार दिउसाे गाउँकार्यपालिका सदस्य दिनेश प्रसाद कलवाहरले गाउँपालिका अध्यक्षकै नेम प्यलेटले हिर्काउनुकाे साथै कुटपिट समेत गरेकाे कर्मचारीहरुले वताएका छन् ।

कुटपिट गर्ने गाउँकार्यपालिका सदस्य कलवारलाई प्रहरी नियन्त्रणमा समेत लिएकाे छ । घाइते अधिकृत साहकाे छातीमा गम्भिर चाेट लागएकाे छ ।

कर्मचारीहरुका अनुसार कार्यालय समयमै दिउसाे २ बजे गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहानले प्रमुख प्रशासकिय अधिकृत साहलाई आफ्नाे कार्यकक्षमा बाेलाएका थिए । त्यही समयमा उनकै कार्यकक्षमा बसेका गाउँकार्यपालिका सदस्य कलवारले गाली गर्दै उनलाई एक्कासी घाँटी समाति उनले लगाएको सर्ट च्याती लछारपछार गरी अन्धाधुन्ध हातमुक्का गर्दै फलाम भएको गाँउपालिका अध्यक्षको नेमप्लेट समेतले हिर्काएका बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत साह धाेबिनी गाउँपालिका कार्यालयमा हाजिर भएदेखि नै कार्यपालिका सदस्य दिनानाथ भन्ने दिनेश प्रसादले पटक पटक सानो तिनो कुरामा विवाद श्रृजना गरि कार्यालयबाट गर्न नहुने गैर कानुनी भुक्तानी गर्न दबाब दिदै आएको र कर्मचारीहरुसँग रिसिईवी साधी पूर्व रिसिईवीबाट प्रेरित भई बारम्बार अभद्र व्यवहार गर्ने गरेकाे कर्मचारीहरुकाे भनाई छ ।

अधिकृत साहमाथि जनप्रतिनिधिबाट नै भएकाे दुर्व्यवहार तथा कुटपिट घटनाकाे गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु घोर भत्र्सना समेत गरेका छन् । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले संयुक्त रुपमा मंगलबार नै प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई तुरुन्त कडाभन्दा कडा कारवाहीको माग गरेका हुन् ।

कर्मचारीहरुले दोषीमाथि कारवाही नभएसम्म गाँउपालिका अन्तर्गतको आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने घोषणा समेत गरेका छन् । पिडित साहले मंगलबार नै दाेषीमाथि कारवाहीकाे माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् ।

यता घटना बारे जिल्लाका कर्मचारीहरुकाे एक समुहले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद भुसालसंग भेटेर घटना बारे जानकारी समेत गराएकाे छ । दाेषीमाथि कारवाही नभए जिल्लाका सम्पर्ण कार्यालयकाे कामकाज समेत बन्द गर्ने उनीहरुकाे चेतावनी छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय