सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

लगातार फिल्म फ्लप भएपछि हिट फिल्मको खोजीमा अक्षयकुमार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

४ असार, काठमाडौं । बलिउडका सुपरस्टार अभिनेता अक्षय कुमार बक्स अफिसमा लगातार फिल्म फ्लप भएपछि हित फिल्मको खोजीमा रहेका छन् । उनको अघिल्लो फिल्म ‘बडे मियाँ छोटे मियाँ’ ले बक्स अफिसमा खराब प्रदर्शन गरेको थियो ।

- Advertisement -

यस फिल्मले भारतीय बक्स अफिसमा ५९ करोड मात्र कलेक्सन गरेको थियो । ठुलो बजेटमा बनाइएको बनिएको यो फिल्म फ्लप भएको थियो । यस फिल्मको बजेट साढे ३ सय करोड भारू रहेको बताइएको छ ।

यसअघि उनको २०२३ को अक्टोबरमा रिलिज भएको ‘मिशन रानीगञ्ज’ पनि फ्लप भएको थियो । यस फिल्मले बक्स अफिसमा केवल ३३ करोड मात्र कमाई गरेको थियो । यो फिल्मले पनि आफ्नो लागत उठाउन सकेन । यसको लागत ५५ करोड भारू बताइएको छ ।

- Advertisement -

त्यसैगरी २०२३ को फेब्रुअरीमा रिलिज भएको फिल्म सेल्फी पनि फ्लप भएको थियो । करिब सय करोडको बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा केवल २३ करोड मात्र कमाएको थियो । त्यस्तै २०२२ को अक्टोबरमा रिलिज भएको अक्षयकुमारको रामसेतु पनि बक्स अफिसमा फ्लप भएको थियो । १५० करोडको लागतमा बनेको यो फिल्मले केवल ९२ करोड मात्र कमाएको थियो ।

यसरी लगातार फिल्म फ्लप भएपनि उनका नयाँ फिल्म आउने क्रम रोकिएका छैनन् । अक्षय कुमारको आगामी फिल्महरूमा ‘सरफिरा’, ‘खेल खेल में’, ‘वेलकम टु द जङ्गल’ र ‘स्काई फोर्स’ समावेश छन् । त्यस्तै उनी ‘सिंघम अगेन’ मा पनि देखिनेछन्, तर फिल्म मुख्यतया अजय देवगनको चरित्रको वरिपरि घुम्ने भएकाले यसमा उनको भूमिकाका लागि क्रेडिट पाउने सम्भावना देखिंदैन ।

सिरफिरा

‘सरफिरा’ जुलाई 12 मा रिलीज हुनेछ । यो फिल्म सूर्या स्टारर फिल्म ‘सूरराई पोत्रु’ को हिन्दी रिमेक हो । यो फिल्म पनि सुधा कोंगाराले नै निर्देशन गरेकी थिइन् भने हिन्दी रिमेक पनि उनले नै निर्देशन गरेकी हुन् । ‘सराफिरा’ मा अक्षय कुमारसँगै राधिका मदान र परेश रावल पनि देखिनेछन् । यो फिल्मले कमल हसनको ‘इन्डियन २’सँग प्रतिस्पर्धा गर्नेछ ।

खेल खेल मे

अक्षय कुमारको अर्को फिल्म ‘खेल खेल मे’ अगस्त १५ मा रिलिज हुदै छ । यस फिल्ममा तापसी पन्नु, वाणी कपूर, फरदीन खान र आदित्य सिलले पनि अभिनय गरेका छन् । यो कमेडी फिल्म हो । यो फिल्मको अगाडिको चुनौती कम छैन, किनकि जोन अब्राहमको ‘वेद’ र राजकुमार राव र श्रद्धा कपूरको ‘स्त्री २’ सँगै रिलिज हुँदैछ ।

स्काई फोर्स 

अक्षय कुमारको ‘स्काई फोर्स’ अक्टोबर महिनामा रिलिज हुँदैछ । यो फिल्मलाई सन्दीप केलवानीले निर्देशन गरेका हुन् । यो एक एक्सन फिल्म हो, जुन भारतीय सेनाले गरेको पहिलो हवाई हमलामा आधारित छ । यो अक्टोबर २ मा रिलीज हुने यस फिल्ममा अक्षय कुमारका अलावा वीर पहाडियाले पनि काम गरेका छन् ।

वेलकम टू द जंगल

‘वेलकम टु द जंगल’ वर्षको अन्तिम महिना अर्थात डिसेम्बरमा रिलिज हुनेछ । जसलाई अहमद खानले निर्देशन गरेका हुन् । यो कमेडी फिल्म हो, जुन ‘वेलकम’ फ्रेन्चाइजको तेस्रो भाग हो । ‘वेलकम टु द जङ्गल’ मल्टिस्टार फिल्म हो, जसमा अक्षय कुमार बाहेक अर्शद वारसी, लारा दत्त, जोन अब्राहम, परेश रावल, रविना टण्डन र दिशा पटानी लगायतका कलाकारहरु देखिनेछन् । तर, मिडिया रिपोर्टका अनुसार यो फिल्मको रिलिज मिति परिवर्तन गरेर २०२५ मा धकेलिन सक्ने बताइएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार