सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...

मधेस प्रदेशकै सर्वाधिक धनराशीको...

बीरगन्ज,२८ माघ ।  मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो बीरगन्ज गोल्डकप २०८१ फागुनको दोस्रो...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१० असार, काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन् ।

- Advertisement -

सोनाक्षी र जहीरको परिवारले न हिन्दू र मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरुले कोर्ट म्यारिज गरेका थिए । विवाह दर्तापछि उनीहरुले मुम्बईको वर्लीमा रिसेप्शनको आयोजना गरेका थिए, जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिहरुको सहभागिता रहेको थियो ।

विवाहपछि सोनाक्षी र जहीरले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सात बर्ष देखिको सम्बन्धलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन् । उनीहरुले भनेका छन्-‘हामी दुवैको परिवार र भगवानको आशीर्वादले विवाह गरेका हौँ । सात वर्षअघिको आजको दिन हामी दुवैले एक अर्काको आँखामा माया देखेका थियौँ ।

- Advertisement -

हामीले प्रेमलाई सबैभन्दा शुद्ध रूपमा देख्यौँ र यसलाई कायमै राख्ने निर्णय गरेका थियौँ । यस प्रेमले हामीलाई चुनौती र सफलताहरू पार गरेको छ र हामी यो क्षणमा आइपुगेका छौं जहाँ हाम्रो परिवार र भगवान दुवैको आशीर्वादले हामी अहिले पति र पत्नी बनेका छौं ।’ विवाह समारोहमा दम्पतीका नजिकका साथीभाइ र परिवारका सदस्य सहभागी थिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार