खुलेआम अवैध रुपमा नेपालीलाई जुवातास खेल्ने/खेलाउने गरेको भएपनि प्रहरी मौन

spot_img

वीरगञ्ज । वीरगंजका क्यासिनो (जुवा घर) हरुले गैर कानूनी रुपमा नेपाली नागरिकहरुलाई जुवा खेलाउने गरेको समाचारहरु पटकपटक सार्वजनिक हुँदा समेत प्रहरी प्रशासन निकम्मा बनेको छ ।

यस क्षेत्रमा संचालित क्यासिनोहरुले नेपाली नागरिकलाई भारतीय नागरिकको परिचयपत्र बनाउँदै जुवा खेलाउने गरेको समारचार पटकपटक सार्वजनिक हुँदा समेत प्रहरीले कुनै एक्सन लिन सकेको छैन ।

चाडपर्वको समयमा मनोरञ्जनका लागि जुवातास खेल्दा पक्राउ परिन्छ । तर ठूलाठूला तारे होटलहरुमा खुलेआम अवैध रुपमा जुवातास खेल्ने/खेलाउने गरेको भएपनि प्रहरी मौन बसेको छ ।

वीरगंज महानगरमा रहेका क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्गस कलेक्सन प्रा लि, सुरज होटलको एक इन्टरनेशनल र होटल भिस्वामा रहेको सेन्ट्रल मिडिया गु्रपको ह्याप्पी आवर क्यासिनोले नेपाली नागरिकहरुलाई नै प्रवेश गराएर खेलाउने गरेका छन् । उनीहरुले सेटिङ मिलाएर नेपाली नागरिकहरुलाई भारतीय नागरिकको परिचयपत्र बनाएर क्यासिनो खेलाउने गरेको तथ्य पटकपटक सार्वजनिक हुँदै आएका छन् ।

प्रहरी कार्यालयबाट केही मात्राको दुरीमा रहेका क्यासिनोहरुले अवैध क्रियाकलापबाट दैनिकजसो नेपाली नागरिकहरु ठूलो रकम गुमाएर घरबारविहीनको अवस्थामा पुगेका छन् । जसका कारण झैझगडा, कुटपिट, होहल्ला र शान्ति सुरक्षामा नै खलल पु¥याउने कार्य हुने गरेको छ । कतिपयको त पारिवारिक खटपट भई श्रीमान श्रमतीबीच नै सम्बन्धविच्छेद हुने गरेको तथ्यहरु बाहिरिने गरेको छ ।

यसबारे पर्सा प्रहरीलाई राम्रो जानकारी भएपनि कुनै कारवाही प्रक्रिया अगाडी नबढाउनुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ ।
जिल्ला भरीमा हुने कुनै पनि अवैध क्रियाकलापलाई रोक्नु, कानूनको पालना गराउनु र अवैध क्रिकयाकलापमा संलग्नलाई कानूनबमोजिम कारवाही प्रक्रिया अगाडी बढाउनु पर्सा प्रहरीको दायित्व र जिम्मेवारी हो ।

हाल पर्सामा प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेल काबिल अफिसरको रुपमा चिनिन्छ । शुरुमा यहाँ सरुवा भएर आउँदा खुवै चर्चा कमाएका एसपी ढुंगेल सबैले थाहा पाउने गरी छताछुल्ला भएको यस प्रकरणमा किन अनभिज्ञ रहे वा हाल हाल्न सकेनन् ? प्रश्न उठेको छ । विषय जे भएपनि सरकारको प्रतिनिधिको रुपमा कानून कार्यान्वयन गर्ने निकायको नेतृत्वमा रहेकाले उनीले कुनै बहानामा यो वा त्यो बहानामा पन्छिन पाउँदैनन् । जबसम्म यस प्रकारको अवैध क्रियाकलापको नियन्त्रणमा उनी अगाडी बढ्दैनन् तबसम्म उनीमाथि आशंका र आरोप लाग्नेछ ।

स्रोतका अनुसार विभिन्न क्यासिनोहरुले उनलाई महिनावरी रुपमा मोटो रकम बुझाउने गरेकाले यस प्रकरणलाई नजरअन्दाज गरेका हुन् । प्रहरी प्रशासनको मिलेमतोविना क्यासिनोमा कुनै प्रकारको अवैध क्रियाकलाप हुन सक्दैन । प्रहरीले अवश्यक परेको कुनै पनि समयमा छापा मारी अवैध क्रियाकलापमा संलग्नलाई कारवाही गर्न सक्ने अधिकार छ । त्यसैले प्रहरीको चित्ता नबुझाई कुनै पनि क्यासिनोले त्यस प्रकारको गैरकानूनी हर्कत गर्न नसक्ने जानकारहरु बताउँछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय