काठमाडौं, २२ मसिर । । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज पाँच जिल्लामा भेला गरेको छ ।
पार्टीको संगठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच जिल्लामा भेला आयोजना गर्न लागेको पार्का कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा भेला आयोजना भएको बताइएको छ । भेलाले पार्टीको संशोधित विधानको सांगठनिक संरचनाअनुसार जिल्ला समिति गठन, संगगठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदको पदपूर्ति गर्ने कर्लाकोटीले बताए ।
जिल्लाभित्रका निर्वाचन क्षेत्र, पालिका, वडा सङ्गठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि जिल्ला भेला आयोजना गरिएको उनको भनाइ छ । रास्वपाले यसअघि देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरेको छ ।

