झापा, २३ मसिर । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आएका बेला विरोध प्रदर्शन गर्ने एक जना रास्वपा कार्यकर्ता पक्राउ परेका छन्।
आइतबार झापाको मेचीनगर ७ इँटाभट्टामा रास्वपाका ३० जना जति कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी गरेका हुन् ।
‘केपी ओली मुर्दावाद, राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद जस्ता नाराहरु लगाएर उनीहरूले बिरोध प्रदर्शन गरेका हुन् ।
बिरोध प्रदर्शन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको बताइएको छ ।

