रवि प्रकरणः मानव अधिकार आयोगमा छलफल सुरू

spot_img

काठमाडौं, २४ मंसिर । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि चितवन प्रहरीले अमानवीय व्यवहार गरेको भन्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोगले छलफल सुरु गरिएको छ ।

उनलाई चितवन प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै उनकी पत्नी निकिता पौडेलले उजुरी दिएकी थिइन् ।
यहीँ विषयमा छलफल लागि मानव अधिकार आयोगले नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरलाई बोलाएको थियो। अहिले छ्लफल भइरहेको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

रविमाथि अमानवीय व्यवहार भएको उजुरीपछि आयोगले स्थलगत अनुगमन गरेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय