सरकारी वकिलको कार्यालय पर्सामा आज लामिछानेको बयान सुरु

spot_img

वीरगन्ज, २५ मंसिर । सहकारी ठगीको आरोपमा हिरासतमा रहेका पूर्व गृहमन्त्री एवंम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापती रवि लामिछानेलाई प्रहरीले पर्साको वीरगन्जमा ल्याइएको छ । वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिनका लागि उनलाई वीरगन्जमा ल्याइएको हो ।

लामिछानेमाथि आजबाट बयान सुरु भएकाे छ । “सरकारी वकिलको कार्यालयमा बयान लिनुपर्ने भएकाले प्रक्रिया आजदेखि अघि बढ्दैछ,”
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पनि हाल पर्सामै छन्। अनुसन्धानमा सहकारीको रकम विभिन्न व्यक्तिका नाममा ऋण लिई गोर्खा मिडिया नेटवर्कमा लगाइएको तथ्य फेला परेको छ । सो नेटवर्कमा लामिछाने र जोशी सञ्चालक रहेको खुलेको छ ।

वीरगन्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको विषयमा पहिल्यै अदालतमा मुद्दा दायर भए पनि थप अनुसन्धान आवश्यक देखिएको भन्दै प्रहरीले फाइल पुनः खोलेको हो ।

यसअघि लामिछानेले सुर्यदर्शन सहकारी, स्वर्णलक्ष्मी सहकारी, र सहारा चितवन बहुउद्देश्यीय सहकारीको ठगी प्रकरणमा बयान दिएका थिए। उनलाई प्रहरीले गत कात्तिक २ गते बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगेको थियो ।

प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण ऐनविपरीतको कसुरमा पनि अनुसन्धान गरिरहेको छ। यसअन्तर्गत, उनलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने स्थिति रहेको छ ।

बयान सकिएपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको र उनलाई पुःण पोेखरा लगिने पहरी अधिकारीहरूले बताएका छन् ।

सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान सुरु भईसकेको छ । भने वीरगन्जमा लामिछानेका समर्थकहरुले भने सांकेति प्रदर्शन जारी राखेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय