spot_img

एनपीएलमा विराटनगरको दोस्रो जित, चितवनलाई धक्का

spot_img
spot_img

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा चितवन राइनोजमाथि विराटनगरले ५१ रनको रवाफिलो जित निकालेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा समेटियो ।

प्रतियोगितामा यो विराटनगरको दोस्रो जित हो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।

विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेरे । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए । यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दिपक बोहराले चार रन जोडे । यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको छ ।

बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक/एक विकेट लिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय