spot_img

सुस्ता प्रदर्शनपछि पक्राउ परेका अभियन्ता सर्वोच्चको आदेशमा रिहा

spot_img
spot_img

काठमाडौं,०४ असार । सुस्तामा भारतीय सुरक्षा निकायको प्रवेशविरुद्ध प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय जेनजी नागरिकका अभियन्ताहरू सर्वोच्च अदालतको आदेशपछि रिहा भएका छन्।

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) हतियारसहित प्रवेश गरेको विषयमा शान्तिपूर्ण प्रदर्शन गरेका अजय सोडारी (पूर्ण बहादुर बुढा) र वीरजंग विकलाई पक्राउ गरी हिरासतमा राखिएको थियो।

उनीहरूको रिहाइका लागि दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पक्राउ गैरकानूनी भएको ठहर गरेको हो। न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उनीहरूलाई तत्काल रिहा गर्न आदेश दिएको हो।

सर्वोच्चले सीमा सुरक्षासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा आवाज उठाउनु नागरिकको अधिकार भएको उल्लेख गर्दै त्यसलाई गैरकानूनी कार्य मान्न नमिल्ने स्पष्ट गरेको छ। आदेशपछि पक्राउ परेका अभियन्ताहरू रिहा भएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय