spot_img

११ महिनामा आधा पनि खर्च गर्न सकेन काठमाडौं महानगर

spot_img
spot_img

काठमाडौं,०४ असार । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा कुल बजेटको करिब ४५ प्रतिशत मात्र खर्च गर्न सकेको छ।

कार्यवाहक मेयर सुनिता डंगोल ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने क्रममा चालु वर्षको बजेट कार्यान्वयनसम्बन्धी विवरण सार्वजनिक गरेकी हुन्।

उनका अनुसार जेठ मसान्तसम्म महानगरले कुल ११ अर्ब २९ करोड रुपैयाँ खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो।

खर्च विवरणअनुसार चालुतर्फ ५ अर्ब ७२ करोड रुपैयाँ र पुँजीगततर्फ ५ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको छ। कुल कार्यान्वयन दर ४५ प्रतिशत भए पनि महानगरले यसलाई सन्तोषजनक प्रगति भनेको छ।

महानगरको बजेट कार्यान्वयनको गति अपेक्षाअनुसार बढ्न नसकेको देखिए पनि आगामी वर्षका योजना प्रस्तुत गर्दै सुधारको अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय