[ndc-today-date]
[ndc-today-date]

तीनकुने घटनामा घाइते रेबिकाका...

काठमाडाैं,०८ जेठ । तीनकुनेमा भएको राजतन्त्र पक्षधरको प्रदर्शनमा प्रहरीको गोलीबाट घाइते भएकी उदयपुरकी...

राजविराजकी कार्यवाहक नगरप्रमुख सुरक्षा...

जनकपुर,०८ जेठ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले आफू र कार्यालयको सुरक्षाका...

रौतहटका दलित छात्रालाई साइकल...

रौतहट,०८ जेठ ।  गरुडा नगरपालिकाले विद्यालयसम्मको दूरीका कारण पढाइ छोड्न वाध्य भइरहेका दलित...

सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको...

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

१३९ रनको लक्ष्य पछ्याउँदै काठमाडौं

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २९ मसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बिहानको खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

- Advertisement -

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनायो ।

पोखराका लागि रेमन राइफरले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, दिनेश खरेलले ३८ तथा दिलिप नाथले २७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

- Advertisement -

काठमाडौंका लागि राशिद खान र करण केसीले तीन–तीन तथा जेर्हाड एरास्मस र माइकल लेभिटले एक–एक विकेट लिए ।

पोखरा कुशल भुर्तेल र काठमाडौं करण केसीले कप्तानीमा मैदानमा उत्रिएका छन् । प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको आजको खेललाई महत्त्वका साथ हेरिएको छ ।

एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ। आजको खेलमा पराजित टिम प्रतियोगिताबाट बाहिरिने पक्का छ भने विजयी टिमको प्लेअफ सम्भावना अन्य टिमको गतिमा भर पर्नेछ ।

दुवै टिमले समान ५ खेल खेलिसकेका छन्।

यी टिमको समानता भनेकै चार अंक जोड्दा दुई जित र तीन हार हो। आजको खेल सकिएपछि दुवै टिमले एकएक खेल खेल्न बाँकी हुनेछ । प्लेअफमा पुग्ने सम्भावना दरिलो बनाउन दुवै टिममाथि जित्नैपर्ने दबाब छ ।

ताजा समाचार

spot_img

थप समाचार