spot_img

काठमान्डुले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्ने

spot_img
spot_img

काठमाडाैं,३० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुखार्जविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो।

काठमान्डु विराटनगरलाई पराजित गर्दै प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ। तर आजको खेलमा काठमान्डुको जित मात्र पर्याप्त छैन।

अन्य खेलको नतिजा पनि काठमान्डुको अनुकूल आउनुपर्नेछ। यता प्लेअफ दौडबाट बाहिरिसकेको विराटनगर भने आजको खेल जितेर एनपीएल यात्राको सुखद् अन्त्य गर्न चाहन्छ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय