spot_img

पुस १४ गते पर्सामा प्रधानमन्त्री ओली आउदै

spot_img
spot_img

बीरगन्ज,०९ पुस । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुस १४ गते पर्सा जिल्ला आउने भएका छन ।पर्साको संखुवा प्रसौनी गाँउपालिकाको श्रीपुर पँचगाँवामा हुने वृहत पार्टी प्रवेशका लागि प्रधानमन्त्री ओली पर्सा आउन लागेका हुन ।

संखुवा प्रसौनी गाँउपालिकाका पुर्व अध्यक्ष प्रदिप जयसवालको नेतृत्वमा हुने वृहत पार्टी प्रवेशको लागि प्रधानमन्त्री केपी ओली पर्सा आउने लागेको नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी प्रसाद यादवले जानकारी दिए ।

उपाध्यक्ष यादवले ओलीको भ्रमण सफल पार्न एमाले पर्साले तिव्र तयारी थालेको जानकारी दिए । उनले पर्सा क्षेत्र नम्बर ३ मा हुने प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउन आज मात्रै एमालेबाट निर्वाचित वडा अध्यक्ष संग वृहत छलफल गरेका छन ।
वीरगंज २३ प्रसौनी बिर्ता स्थित आफनै निवासमा यादवले महानगरका वडा अध्यक्ष संग वृहत छलफल गरेका छन । उनले ओलीको पर्सा भ्रमणलाई एतिहासिक बनाउन सवै कार्यकर्तालाई जुट्न निर्देशन दिए ।

सो अवसरमा वीरगंज वडा नम्बर २३ का वडा अध्यक्ष अवधकिसोर कुशवाहा, २४ का वडा अध्यक्ष बिजय पटेल, ११ का वडा अध्यक्ष हिरा गिरी,२० का वडा अध्यक्ष रामकिसोर सिंह पराग,वडा नम्बर १७ का वडा अध्यक्ष सन्जु छतकुली,नेकपा एमाले वडा नम्बर २३ का ईकाई कमिटी अध्यक्ष लालबाबु यादव लगायतको उपस्थिती थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय