लामिछानेको बयान सकियो, थुनछेक प्रक्रिया अघि बढ्दै

spot_img

पोखरा, १२ पुस । सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान प्रक्रिया पूरा भएको छ। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा दुई दिनसम्म चलेको बयान शुक्रबार सम्पन्न भएको हो ।

अदालतका स्रेस्तेदार राजन खनालका अनुसार हालसम्म छविलाल जोशी, लिला पछाईं, र रवि लामिछानेको बयान सकिएको छ। अब नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक ललितबहादुर गुरूङ, र कृष्णबहादुर गुरूङको बयान बाँकी रहेको जनाइएको छ ।

सूर्यदर्शन सहकारीमा ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता मुद्दामा संलग्न रहेका सबै प्रतिवादीको बयान सकिएपछि मात्रै थुनछेक बहस र आदेशको प्रक्रिया सुरु हुने अदालतले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यसमध्ये लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधको मुद्दा पनि दायर गरिएको छ। रवि लामिछाने, रामबहादुर खनाल, छविलाल जोशी, र लिला पछाईंमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा समेत चलाइएको छ ।

सहकारी प्रकरणमा संलग्नहरूको बयान र कानुनी प्रक्रिया अघि बढेसँगै यो मुद्दाले थप बहस निम्त्याउने देखिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय