काडमाडाैं, १६ पुस । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ ।


आज सुन प्रतितोलामा १ हजारले घटेर १ लाख ४९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट भएको छ ।
आज प्रतितोला चाँदी १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । सोही परिमाणको चाँदी सोमबार १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।