काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने व्यवस्था गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित राष्ट्रिय मेलमिलाप दिवस र समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले संसद् स्थिर रहनु मात्रै पर्याप्त नरहेको, अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
शर्माले भने, “अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको बारेमा हुनुपर्छ। संविधान संशोधनको ढोका खोल्दै गर्दा, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको हो, यसमा हामीलाई स्थिर सरकार र प्रधानमन्त्रीको कुरा जोड दिनुपर्छ ।”
उक्त कार्यक्रममा महामन्त्री शर्माले समुन्नतिको लागि मेलमिलापको आवश्यकता रहेको र सरकारले आगामी नीति र प्राथमिकताहरू तीन चरणमा काम गर्ने गरी ल्याउनुपर्ने धारणा राखे ।

