तोलामा १५०० ले घट्यो सुनको मूल्य

spot_img

काठमाडौँ, २१ पुस । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय