महाभारत क्षेत्रमा एक सातापछि आगलागी नियन्त्रणमा, यात्रा पुनः सुरु

spot_img

काभ्रेपलाञ्चोक, १४ माघ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकामा गत मंगलबारदेखि लागेको भीषण आगलागी एक सातापछि पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार, आगो नियन्त्रणमा आए पनि केही स्थानमा पुराना ठूला रूखका ठुटाहरूमा अझै आगो निभ्न बाँकी छ। “वनमा लागेको डढेलो एक हप्तापछि आफै पूर्ण रूपमा नियन्त्रणमा आएको छ, तर केही स्थानमा पुराना रूखका ठुटाहरूमा आगो अझै लागिरहेको छ,” उनले भने ।

आगलागीको जोखिम भएका कारण बेथानचोक नारायणस्थानको यात्रा बन्द गरिएको थियो, तर आगो नियन्त्रणमा आएसँगै यात्रा पुनः खुला गरिएको बेथानचोक गाउँपालिकाका अध्यक्षले जानकारी दिए ।

पार्क र वन क्षेत्रहरूमा आगलागीको असरलाई कम गर्न काभ्रेका ५ वटा सामुदायिक वनमा करिब १ सय हेक्टर वनक्षेत्र नष्ट भएको छ। जिल्ला वन कार्यालय काभ्रेका डढेलो फोकल पर्सन चीनकाजी श्रेष्ठले भने, “थामलेकको चिसापानी, मूलडाडा चोरण्डे, जनजागृती, बेथानचोक नारायणस्थान, र नारायणस्थान सामुदायिक वनमा आगलागीले ठूलो क्षति पुर्याएको छ ।”

यसअघि हेलिकोप्टरबाट २४ हजार लिटर पानी खन्याएर आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएको भएपनि केही क्षेत्र अझै प्रभावित थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय