वीरगन्ज,१३ माघ । पर्साको वीरगन्ज महानगरपालिका वडा नं. २१, लिपनीविर्ता (लिपनीमाल) मा रहेको विजया श्री लेमिनेट प्रा.लि. मा आज भीषण आगलागी भएको छ। स्थानीय स्रोतका अनुसार आगलागी बोइलर च्याम्बर पड्किएको कारण सुरु भएको अनुमान गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उद्योगमा लागेको आगो निकै भीषण रहेको र नियन्त्रणका लागि थप जनशक्ति र वारुण यन्त्रलाई खबर गरिएको छ।
“आगलागीको जानकारी पाउनासाथ हामी घटनास्थलमा आइपुगेका छौँ, आगो नियन्त्रण बाहिर रहेकाले सम्बन्धित निकायहरूलाई थप मद्दतका लागि जानकारी गराइसकेका छौँ,” ती प्रहरी अधिकारीले बताए।...
वीरगन्ज,१३ माघ । पर्साको वीरगन्ज महानगरपालिका वडा नं. २१, लिपनीविर्ता (लिपनीमाल) मा रहेको विजया श्री लेमिनेट प्रा.लि. मा आज भीषण आगलागी भएको छ। स्थानीय...
हेटौँडा,११ माघ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित महाशक्ति साबुन उद्योगको गोदाममा गए राति भिषण आगलागी भएको छ। उद्योग परिसरमै रहेको तयारी साबुन र कच्चा...
काठमाडौं,१८ बैशाख । काठमाडौं महानगरपालिका–७ चाबहिल चोकस्थित एक सुनचाँदी पसलमा आगलागी हुँदा करिब करोड बराबरको क्षति भएको छ ।
६६ वर्षीया राधा पाण्डेको घरको ग्राउण्ड...
काठमाडौं, ११ वैशाख । काठमाडौंको ढुंगेअड्डास्थित पिपलबोट सडकमा आज एक बसमा आगलागी भएको घटना भएको छ। चन्द्रागिरी नगरपालिका-१५ मा रहेको उक्त स्थानमा कलंकीबाट थानकोट...
जनकपुर, ३० चैत्र । सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित कटानीमा रहेको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा गए राति भीषण आगलागी भएको छ, जसबाट लाखौं रुपैयाँ बराबरको...