spot_img

पर्सा क्राइमका शाखा प्रमुख सई लोकेन्द्र पण्डितको कोहलपुरमा सरुवा

spot_img
spot_img

वीरगन्ज,३० जेठ । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखामा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) लोकेन्द्र पण्डितको सरुवा भएको छ। उनलाई नेपाल प्रहरी विशेष सुरक्षा गण, कोहलपुर (बाँके) मा सरुवा गरिएको हो।

प्रहरी प्रधान कार्यालय, नक्सालले जेठ २९ गते सार्वजनिक गरेको सरुवा सूचीअनुसार पण्डितको दरबन्दी परिवर्तन भएको हो। उनी इलाका प्रहरी कार्यालय कालिकामाई दरबन्दी भई लामो समयदेखि पर्सा क्राइम शाखाको जिम्मेवारीमा कार्यरत थिए।

प्रहरी स्रोतका अनुसार पण्डितको सरुवा आन्तरिक व्यवस्थापनअन्तर्गत गरिएको हो। उनी तत्कालीन प्रहरी उपरीक्षक गौतम मिश्रका निकट सहयोगीका रूपमा चिनिन्थे।

उनको कार्यकालमा विभिन्न विवाद तथा आर्थिक लेनदेनसम्बन्धी आरोपहरू उठेका भए पनि त्यसबारे प्रहरी प्रधान कार्यालयले औपचारिक प्रतिक्रिया दिएको छैन।

यद्यपि, सरुवा सूचीमा अन्य ११ जना वरिष्ठ प्रहरी नायब निरीक्षकहरूको समेत सरुवा गरिएको देखिएको छ। पण्डितले आगामी असार १ गतेदेखि नयाँ कार्यस्थलमा जिम्मेवारी सम्हाल्ने जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय