spot_img

दक्षिण कोरियाली विमानमा आगलागी, १७६ जनाको सकुशल उद्धार

spot_img
spot_img

सिओल,१६ माघ । दक्षिण कोरियाको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति उडान गर्न लागेको एक यात्रु विमानमा आगलागी भएको छ। तर समयमै चलाइएको उद्धार अभियानले जहाजमा रहेका सबै १७६ यात्रु र चालक दलका सदस्यलाई सकुशल बाहिर निकाल्न सफल भएको छ।

एयर बुसानद्वारा सञ्चालित एयरबस A321 विमान हङकङका लागि उडान गर्न तयारी गर्दै गर्दा जहाजको पछाडि भागमा अचानक आगो लागेको यातायात मन्त्रालयले जानकारी दिएको छ। विमानमा १६९ यात्रु, ६ जना चालक दलका सदस्य र १ इन्जिनियर थिए।

आगो लाग्नासाथ विमानबाट यात्रुहरूलाई एस्केप स्लाइडको माध्यमबाट बाहिर निकालिएको थियो। उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको राष्ट्रिय अग्नि नियन्त्रण निकायले जनाएको छ।

घटनापछि तत्काल दमकल र उद्धारकर्मीहरू परिचालित गरिएका थिए। स्थानीय समयअनुसार राति ११:३१ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको अधिकारीहरूले पुष्टि गरे। आगलागीको कारण तत्काल थाहा नभए पनि अनुसन्धान जारी छ।

मङ्गलबारको यो घटना दक्षिण कोरियामा पछिल्लो जेजु एयरको यात्रु विमान दुर्घटना भएको ठीक एक महिनापछि भएको हो। डिसेम्बर २९ मा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त दुर्घटनामा १८१ जना यात्रुमध्ये दुई जना बाहेक सबैको मृत्यु भएको थियो।

उक्त दुर्घटनामा बोइङ ७३७-८०० विमान ल्यान्डिङ गियर फेल भएपछि धावनमार्गबाट चिप्लिएर कङ्क्रिट संरचनामा ठोक्किएर आगलागी भएको थियो। पछिल्लो प्रतिवेदन अनुसार विमानको इन्जिनमा चराहरू ठोक्किएको प्रमाण फेला परेको भए पनि दुर्घटनाको ठोस कारण अझै पुष्टि भएको छैन।

हालको घटनामा कुनै गम्भीर क्षति नभएकाले उद्धार टोलीको तत्परतालाई सराहना गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय