म बोल्ने नै मान्छे हुँ, सही समय कुरिरहेको छु : रवि लामिछाने

spot_img

काठमाडौँ, फागुन २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू बोल्ने मान्छे भएको र सही समयको प्रतीक्षा गरिरहेको बताएका छन् ।

रुपन्देहीस्थित बुटवलको सुप्रिम सहकारी बचत अपचलन मुद्दामा जिल्ला अदालतले तोकेको १ करोड रुपैयाँ धरौटी सम्बन्धी आदेशविरुद्ध उनले उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । अदालत परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले छिट्टै विशेष सम्बोधनसहित आउने संकेत गरेका छन् ।

“अहिले यत्ति भन्छु, मेरो बोल्ने समय निकै नजिक आउँदैछ । तपाईंहरूलाई थाहै छ, म बोल्ने नै मान्छे हुँ । प्रतीक्षा गर्नुहोला, छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु, उनले भने  ।”

उनको यो भनाइपछि उनले चाँडै कुनै ठूला घोषणाहरू गर्ने अनुमान गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय