आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

समाजवादी मोर्चाद्वारा चैत १५ मा गणतन्त्रको समर्थनमा प्रदर्शन गर्ने घोषणा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२७ फागुन । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा एकजुट हुँदै आगामी चैत १५ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने घोषणा गरेको छ।

- Advertisement -

मंगलबार नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले गणतन्त्रको रक्षा र प्रतिगामी गतिविधिको विरोधमा संयुक्त विरोधसभा गर्ने निर्णय गरेको हो। नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार, चैत १ गते बिहान मोर्चाको अर्को बैठक बस्ने तथा त्यसपछि पत्रकार सम्मेलन गरी गणतन्त्रविरोधी षड्यन्त्रका विरुद्ध जनतालाई जागरूक गराउने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा सहभागी नेताहरूले मुलुकमा अलोकतान्त्रिक गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूको निष्कर्ष अनुसार, नेपाली जनताको बलिदानबाट स्थापित गणतन्त्रविरुद्ध संगठित रूपमा षड्यन्त्र सुरु भएको छ, जसलाई रोक्नका लागि समाजवादी मोर्चाले आवाज उठाउने निर्णय गरेको छ।

मोर्चाले जनता, नागरिक समाज र प्रगतिशील शक्तिहरूलाई गणतन्त्रको रक्षा गर्न एकजुट हुन आह्वान गरेको छ। साथै, मोर्चाले चैत १५ को प्रदर्शनलाई ऐतिहासिक बनाउन सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार