काठमाडौं,०८ चैत । मेटाले आफ्नो लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर थपेको छ, जसले प्रयोगकर्तालाई स्टाटसमा गीत राख्नको सुविधा दिनेछ। यससँगै, फेसबुक र इन्स्टाग्राममा जस्तै अब ह्वाट्सएपको स्टाटसमा पनि गीतसंगीत सेयर गर्न सकिने भएको हो।
यो फिचर स्पोटिफाइसँगको इन्टिग्रेसनमार्फत उपलब्ध भएको हो, जसले प्रयोगकर्ताहरूलाई ह्वाट्सएप स्टाटसमा आफ्ना मनपर्ने गीतहरू साझा गर्न अनुमति दिनेछ। यद्यपि मेटाले आधिकारिक रूपमा यो फिचरको बारेमा भने कुनै जानकारी दिएका छैनन्।
हालैको ह्वाट्सएप अपडेटेड संस्करणमा केही प्रयोगकर्ताले यो फिचर प्राप्त गरेका छन्, र चाँडै नै कम्पनीले यसलाई औपचारिक रूपमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

