नवनियुक्त आईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

spot_img

काठमाडौं,२१ वैशाख । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजी) नारायणदत्त पौडेललाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह सचिव राजकुमार श्रेष्ठले एक समारोहबीच पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार वैशाख १९ गतेदेखि लागू हुने गरी पौडेललाई सशस्त्र प्रहरी बलको आईजीमा नियुक्त गरिएको हो। यसअघिका आईजी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी अवकाशमा गएपछि पौडेलले संगठनको नेतृत्व सम्हालेका छन्।

अर्याल र पौडेल एउटै ब्याचका अधिकारी हुन्। अवकाश प्राप्त आईजी अर्यालले २०७९ वैशाख १९ गतेदेखि सशस्त्र प्रहरी बलको नेतृत्व गरेका थिए। सशस्त्र प्रहरीमा आईजीको पदावधि चार वर्ष रहने कानुनी व्यवस्था छ।

२०५४ चैत १८ गते नेपाल प्रहरीमा इन्स्पेक्टरबाट सेवा सुरु गरेका अर्याल पछि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय