जनकपुर, ८ चैत्र । सिरहाको गोलबजार नगरपालिका-४ स्थित माँ धमिनी एग्रो राइस मिलका सञ्चालक महेश साहका छोरा अजय साहलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार, अजय साहले विवाहको प्रलोभनमा पारी एक युवतीसँग बारम्बार जबरजस्ती करणी गरेका थिए। इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले साहलाई लुकिछिपी बसेको अवस्थामा बिहिबार राति पक्राउ गरेको हो ।
साहमाथि एक युवतीलाई बारम्बार जबरजस्ती करणी गरेको आरोप छ । यसअघि, करीब दुई वर्ष पहिले महेश साहकै मिलमा काम गर्ने एक कर्मचारीले पनि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका थिए । महेश साहले उक्त मुद्दामा करोडौंको चलखेल गर्दै सफाइ पाएका थिए ।
फागुन २७ गते साहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । एसपी रमेश पण्डितका अनुसार, साह लुकिछिपी बस्दै थिए र प्रहरीलाई देखेपछि फरार हुँदै गर्दा गोलबजार-४, सातपत्रे खोला नजिकबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
साहलाई अदालतबाट म्याद थप गरिएको छ र थप अनुसन्धान कार्य जारी रहेको एसपी पण्डितले जानकारी दिए ।

