गोरखा, ९ चैत्र । शुक्रबार गोरखा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।
शनिबार बिहान १० बजे मन्दिर पुगेका शाहले दुई घण्टा लगाएर विशेष पूजा आराधनामा गरेका थिए। साथै उनले गोरखा दरबारको अवलोकन पनि गरेका छन् ।
गोरखनाथ मन्दिरमा दर्शन गर्दा पृथ्वीनारायण शाहलाई राज्य विस्तारको आशिर्वाद मिलेको जनविश्वस छ। राजसंस्था पुन:स्थापनाको माग उठिरहेको समयमा पूर्वराजा शाह गोरखा पुगेर गरेको पूजालाई विशेष महत्वका साथ हेरिएको छ ।
शाह मन्दिर जानुपूर्व बिहान ९ बजे तनहुँको आवुखैरेनीदेखि गोरखा दरबारसम्म राजसंस्था समर्थकहरूले मोटरसाइकल र्याली गरेका थिए ।
शिवसेना, राष्ट्रिय सरोकार मन्चलगायत युवा दस्ताले शाहको स्वागतमा मोटरसाइक र्याली गरेको हो। उनी भोलि आइतबार मनकामना मन्दिर दर्शनका लागि पुग्ने कार्यतालिका रहेको छ ।




