spot_img

भरतपुर विद्युत् प्राधिकरणमा तोडफोड र हातपात, कार्यालय प्रमुख घाइते

spot_img
spot_img

काठमाडौं, १२ चैत । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमा मंगलबार बिहान तोडफोड र हातपात भएको छ। करिब ३५-४० जनाको समूह कार्यालयमा प्रवेश गरी प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गर्नुका साथै कार्यकक्षमा तोडफोड गरेको छ।

केन्द्रले जारी गरेको विज्ञप्ति अनुसार, कार्यालयको डिजिटल सूचना बोर्ड ह्याक गरी प्रधानमन्त्रीविरुद्ध अपशब्द प्रयोग गरिएको थियो, जसलाई संविधान र कानुनविपरीतको कार्य भन्दै विद्युत् प्राधिकरणले घोर भर्त्सना गरेको छ। साथै, घटनामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ।

प्रधानमन्त्रीविरुद्धको सूचना प्रकाशनको विषयमा ज्ञापनपत्र बुझाउन नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ता कार्यालय पुगेका थिए। कार्यालय प्रमुख श्रेष्ठले उनीहरूसँग असहयोगी व्यवहार देखाएको भन्दै आक्रोशित समूहले हातपात र तोडफोड गरेको बताइएको छ।

युवा संघ चितवनका इन्चार्ज शंकर अधिकारीका अनुसार, कार्यालय प्रमुखकै योजनामा अमर्यादित सूचना राखिएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए। तर, श्रेष्ठले भने युवा संघका कार्यकर्ताले नियोजित रूपमा कुटपिट गरेको बताएका छन्।

घटनापछि कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाइएको थियो, जुन प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले आफैं कार्यालय पुगेर खुलाएका थिए। पौडेलले घटना बारे प्रहरीले अनुसन्धान गर्ने निर्देश दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय