सिरहामा दलितमाथि ज्यादती घटनामा एसपी पनि हेडक्वाटर तानिए

spot_img

जनकपुर,१३ चैत । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित पनि हेडक्वाटर तानिएका छन् । प्रहरी प्रधान कार्यालयले पण्डितलाई मंगलबार हेडक्वाटर तानेको हो ।

सिरहामा नयाँ प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक अनन्तराज शर्मालाई पठाइएको गृहमन्त्री रमेश लेखकको सचिवालय स्रोतले जनायो । सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती भएको घटनामा प्रशासनको आलोचना भएपछि गत शुक्रबार सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल पनि गृह मन्त्रालय तानिएका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय