काठमाडौं, १५ चैत्र । प्रतिनिधिसभाको बैठक चैत १७ गते आइतबार बिहान ११ बजेका लागि स्थगित गरिएको छ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा, शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १:१५ मा सारिए पनि विशेष कारणबस अन्ततः स्थगित गर्नुपरेको उल्लेख छ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार बैठकको नयाँ समय निर्धारण गरेका हुन्। अब बैठक आइतबार बिहान ११ बजे बस्नेछ।

