तेस्रोपटक सूचना जारी गर्दै प्रतिनिधिसभा स्थगित

spot_img

काठमाडौं, १७ चैत्र । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ। संसद् सचिवालयले तेस्रोपटक सूचना जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी दिएको छ। प्रतिबन्धात्मक व्यवस्थाको कारण बैठकको समय धकेलिएको हो ।

प्रतिनिधिसभा नियमावली अनुसार, यदि बैठक निर्धारित समयमा दुई घण्टा ढिलो हुन्छ भने, सभाको बैठक स्वतः स्थगित हुन्छ। यसै कारण संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज दिउँसो ४ बजे बैठक बोलाउनका लागि सूचना जारी गरेका छन्।

यसअघि, आज बिहान ११ बजेको बैठक बस्न सकेन, र सत्ता र प्रतिपक्षी दलहरू बीच सहमति जुट्न नसक्दा बैठकलाई सवा १ बजेका लागि सारिएको थियो। तर, सवा १ बजे पनि सत्ता र प्रतिपक्षी दलबीच चर्काचर्की भइरहँदा बैठकलाई १५ मिनेटका लागि स्थगित गर्नुपर्ने अवस्था आयो। पुनः बैठकलाई दिउँसो साढे ३ बजेसम्मका लागि स्थगित गरिएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय