spot_img

उदयपुरमा ३५ किलो गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

काठमाडौँ, १९ चैत्र । जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा ३५.८५० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। कटारी नगरपालिका–४ स्थित खानेपानी ट्याङ्की नजिकबाट सोही नगरपालिकाका २९ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो।

श्रेष्ठ उदयपुरको आहालेबाट कटारी बजार जाँदै गरेका थिए। प्रहरीले प्रदेश २(०१००१ ह ११२६ नम्बरको अटो रिक्सा जाँच गर्दा बोरामा पोको पारेर राखिएको ठूलो मात्रामा गाँजा फेला परेको जनाएको छ।

हाल श्रेष्ठलाई इलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय