Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

राष्ट्रिय जनमोर्चाद्धारा आन्दोलनकाे घोषणा

spot_img

काठमाडौं, २२ चैत्र । गणतन्त्रको रक्षा र संघीयताको खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले आगामी चैत २४ देखि ३० गतेसम्म साप्ताहिक आन्दोलन सञ्चालन गर्ने जानकारी दिएको हो।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको भन्दै त्यसलाई ध्वस्त पार्ने कुनै पनि षड्यन्त्रलाई परास्त गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए। साथै, उनले संघीयतालाई नेपालको राष्ट्रियता र आर्थिक स्थायित्वका लागि ठूलो बोझको रूपमा व्याख्या गर्दै यसको खारेजी आवश्यक भएको उल्लेख गरे।

पत्रकार सम्मेलनमा केसीले पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सन्देश, फागुन २५ गतेको राजावादी प्रदर्शन, र चैत १५ गतेको हिंसात्मक घटनालाई प्रतिगमनका संकेतको रूपमा चित्रित गरे। राष्ट्रिय जनमोर्चाले गणतन्त्रवादी शक्तिहरूबीच सहकार्यको आवश्यकता औंल्याउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

आन्दोलन अन्तर्गत हरेक दिन राजधानीका विभिन्न स्थानहरूमा जुलुस, सभा, सांस्कृतिक कार्यक्रम तथा प्रचार अभियान सञ्चालन गरिनेछ। शान्तिबाटिका, चाबहिल चोक, माइतीघर मण्डला, गोंगबु चौक, न्युरोड (भूगोल पार्क) र भृकुटीमण्डपजस्ता स्थानहरू प्रमुख प्रदर्शन क्षेत्र रहनेछन्।

प्रत्येक दिन दिउँसो २ बजे हुने सभाहरूमा अध्यक्ष चित्रबहादुर केसी, नेता बोमबहादुर खत्री, महासचिव मनोज भट्ट, ने.क.पा. (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, सल्लाहकार आनन्द शर्मा र उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरूले सम्बोधन गर्ने जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय